काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइ पुग्दै छन्। उनी माल्दिभ्सबाट नेपाल आउन लागेका हुन्। सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, विभिन्न सहयोग आदान–प्रदान, एमसिसी सम्झौतालगायतका विषयमा छलफल हुने छ।
एससिसी सम्झौता पास नहुँदा अमेरिका नेपालसँग असन्तुष्ट छ। यसअघि पनि एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गरेकी थिइन्।
उनले सम्झौता नेपालकै भलाइको पक्षमा रहेको भन्दै चाँडो पास गर्न आग्रह पनि गरेकी थिइन्। उनले नेपालका शीर्ष नेतालाई भेट्दै यसबारे जानकारी लिएकी थिइन्।
तीन दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रलायले जनाएको छ। यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया