काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै झण्डै एक महिनादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आज पनि धर्ना र विरोध जारी राख्ने भएका छन्।
नेपाल बार एशोसिएशनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले धर्ना र विरोध जारी राख्ने भएका हुन्। न्यायपालिकाको विकृति, विसंगती, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी समग्र सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न शान्तिपूर्ण विरोध जारी राख्ने बार एशोसिएशनको तयारी छ। बारको नेतृत्वमा कानून व्यवसायीले दैनिकजसो विरोध प्रदर्शन जारी राखे पनि प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मनस्थितिमा छैनन्।
यसैबीच प्रधानन्यायाधीश जबराले गोलाप्रथाबाट इजलास तोक्ने प्रतिबद्धता जनाएपछि न्यायाधीशहरु आज फुल कोर्ट बैठकमा बस्ने भएका छन्। यसअघि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा बहिस्कार गर्दै आएका न्यायाधीशहरु आज फुल कोर्ट बैठकमा बस्न तयार भएको सर्वोच्च अदालत स्रोतको दाबी छ। हिजो प्रधानन्यायाधीश जबराले सबै न्यायाधीशहरूलाई बैठकमा बस्न आह्वान गरेका थिए।
प्रधानन्यायाधीश चरम विवादमा फसेपछि यसअघि सबैजसो न्यायाधीशले बन्दीप्रत्यक्षीकरण बाहेकका इजलास बहिस्कार गर्दै आएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया