Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएको तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै अधिवेशन हुन बाँकी जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिए। 

१३ वटा जिल्लामा सबै तहको अधिवेशन गरिसके पनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन मात्रै सम्पन्न गरेका छन्। आन्तरिक विवादका कारण केहि जिल्लामा पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ भने केहीमा आन्तरिक सहमतिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन एकैदिन गर्ने सहमति भएको छ। 

४ जिल्लामा विवादको कारण प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन स्थगित भएको छ भने बाँके जिल्लामा आज हुनेछ। कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र केन्द्रीय महाधिवेशन मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुनेछ। 

यसैबीच निर्वाचन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा आजदेखि सुरु हुने प्रदेशसभा क्षेत्र अधिवेशनबारे थप छलफल गर्ने अधिवक्ता रावलले जानकारी दिए। 

बैठकमा बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि भइरहेको वडा अधिवेशनको बिषयमा पनि छलफल हुनेछ।  यस्तै विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेजस्ता कार्यका लागि  निर्वाचन समितिको बैठक बस्न लागेको रावलले जानकारी दिए। 

सिन्धुपाल्चोकमा २ वटा वडामा अधिवेशन हुन सकेको छैन। रसुवामा पनि केही वडामा अधिवेशन हुन बाँकी।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP