विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन्।
साथै पूर्ववर्ती सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूसँग पदबाट राजीनामा दिन आग्रह पनि उनले गरेका छन्।
विराटनगरस्थित मन्त्रालयमा बिहीबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिन आग्रह गरे। निवर्तमान मुख्यमन्त्री भीम आचार्यले आफ्नो दुईमहिने कार्यकालमा राजनीतिक निकै नियुक्ति गरेका थिए।
मन्त्री आङ्बोले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले अघि बढाएका कार्यक्रम बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाएर खेर फाल्ने पक्षमा नरहेको बताए।
‘सरकारले गरेका राम्रा कामहरू र हिजोदेखि सरकारले दायित्व सृजना गरेर अगाडि बढाएका कामलाई हामी निरन्तरता दिन्छौं,’ उनले भने, ‘हामी राजनीतिक पूर्वाग्रहका आधारमा पहिलेको सरकारले अघि बढाएका कार्यक्रमलाई बीचैमा तुहाउने, फाल्ने वा अहिलेसम्म भएका लगानीलाई बालुवामा पानी हालेजस्तो बनाउने पक्षमा हामी छैनौं।’
उनले अनुत्पादक क्षेत्र र व्यक्तिगत स्वार्थकेन्द्रित भएर आएका कार्यक्रम खारेज गरिने बताए।
उनले प्रदेश १ को बजेट पुनरावलोकन गर्नेसमेत बताएका छन्।
उनले बजेट पुनरावलोकन गर्दा गठबन्धनमा रहेका दलहरूको साझा महत्वका योजना पनि समावेश गरिने बताए।
उनले भने, ‘सरकारले आफ्ना प्राथमकिता समेटेर नयाँ कार्यक्रमलाई अगाडि बढाउने सोच बनाएको छ।’
मंसिर महिनाभित्र बजेटको पुनरावलोका गरी पुसबाट कार्यान्वयनमा जाने तयारी रहेको जानकारी उनले दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया