Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कपिलवस्तुः शिवराज वडा नं. ६ मा नेकपा (एस)को वडा कमिटी गठन

वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ मा नेकपा (एकीकृत समाजवादी)ले सुरज कुमार शुक्लाको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । विहीबार शुक्लाको अध्यक्षतामा गठन भएको २५ सदस्यिय वडा कमिटीको उपाध्यक्षमा संगीता पासी, सचिवमा राजेश पासी, उप–सचिवमा शान्ति थारु रहनुभएको पार्टीका नगर अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा राम बहादुर चौधरीसहित २० जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एस)मा प्रवेश गरेका छन् । नव प्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले अविर र माला लगाइ पार्टी प्रवेश गराउनुभएको थियो ।

वडा भेलामा बोल्दै केन्द्रीय सदस्य क्षेत्रीले बैज्ञानिक समाजवादको यात्रा तय गर्न सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट पार्टी भित्र दक्षिणपन्थी, अवसरवाद मौलाएको भन्दै त्यसलाई चिर्न नेकपा (एस) पुर्नगठन गर्नुपरेको बताउनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मीना परियारले मधेसी जनताको मुक्तिको लागि नेकपा (एस) ले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बर्षौसम्म थिचोमिचोमा पारिएका समुदायको लागि आफ्नो पार्टीले माथि उठाउने काम गर्ने भन्दै कलम चुनाव चिह्न मार्फत गाउँ गाउँमा पार्टी निर्माणको विकल्प नभएको बताउनुभयो ।

नगर कमिटी अध्यक्ष सरोज पौडेको अध्यक्षतामा भएको भेलामा लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल, जिल्ला पार्टी उप सचिव ओमप्रकाश कुर्मी, जिल्ला सदस्य लिलामणी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको आधार इलाकाका रुपमा चिनिएको शिवराज वडा नं. ६ मा वडा कमिटी गठन भएसंगै नेकपा (एस)ले ६ वडामा वडा कमिटी गठन गर्न सफल भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP