वाणगंगा ।
आसन्न नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत जिल्ला तहमा हुने अधिवेशनमा जिल्लामा त्रिपक्षिय प्रतिस्पर्धाको संकेत देखिएको हो ।
पछिल्लो समय परिमार्जित कांग्रेसको महाधिवेशन कार्यतालिका अन्तरगत शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रिय समितिको उम्मेदवारी मनोनयन हुँदै छ । जिल्लाका १० पालिका मध्ये सबै पालिकामा चुनावबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, सुधाकर पाण्डे र अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने भएको छ ।

यी तीन जना नेताले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । पूर्व जिल्ला पार्टी सभापति भएका आचार्य र पाण्डेय यो पालि जिल्ला सभापतिको आकांक्षी देखिएका छन् भने, कलाम वर्तमान उप-सभापति भएको कारण स्वभाविक रुपमा आफु सभापतिको उम्मेदवार रहेको बताउँदै आएका छन् ।
सभापति शेर बहादुर देउवा निकटका आचार्यले वडा अधिवेशन लगत्तै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागे पनि रामचन्द्र पौडेल पक्षले आधिकारीक रुपमा उम्मेदवार खडा गरेको छैन् । पाण्डेय र कलाम दुवै जना पौडेल निकटका हुन् ।


राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया