Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याइने दाबी

संखुवासभा : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउन लागिएको जानकारी दिएका छन्।

जिल्ला सदरमुकाम खाँदबारीमा शनिबार जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन्। 

राजनीतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसद्‌मा गएको लामो समयसम्म पनि अघि बढ्न नसकेको मन्त्री श्रेष्ठले बताए। निजामती ऐन संसद्‌मै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरिए पनि दलहरूको खिचातानीका कारण संसद्‌बाट पास हुने अवस्था नभएको स्पष्ट पारे।

मन्त्रालयको पुनःसंरचनालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहले ठूलो समस्या झेलिरहेको उनको भनाइ छ।

ऐन बन्न नसक्दा अहिले प्रशासनिक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेमा ६० प्रतिशत कर्मचारी अभाव रहेको मन्त्रीको कथन छ। अध्यादेश आएपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुनेमा ढुक्क हुन उनले आग्रह गरे।

चुनावसम्म गठबन्धन

अहिलेको गठबन्धन चुनावसम्म रहने मन्त्री श्रेष्ठले बताए। गठबन्धनलाई उच्चस्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री उनले बताए। अहिलेको स्थितिमा गठबन्धन चुनावसम्म जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।

गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचारसंहिता बनाउँदै काम गरिहेको समेत मन्त्रीले जिकिर गरे। नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP