Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

ओलीको गाडी साइरन बजाउँदै सेभेन स्टारतिर

बिहान ८ बजे शुरु हुने भनिएको एमाले महाधिवेशनको बन्दसत्र भर्खर शुरु गर्ने तरखर छ । अध्यक्ष मण्डलका प्रमुख केपी ओलीको गाडी साइरन बजाउँदै सेभेन स्टार होटेलतिर लागेको छ । हिजो रातिदेखि आज बिहानसम्म सर्वसम्मत नेतृत्व चयनको निम्ति सहमतिको प्रयास गरिए पनि महासचिवमा को ? भन्ने विषयले धेरै समय लिएको प्रतिनिधिहरुले बताएका छन् ।

सँस्थापन शिविरमा केही बेरअघि भएको जुटेको सोचअनुसार अब महासचिवमा शंकर पोखरेल र उपाध्यक्षमा विष्णु पौडेललाई लाने तयारी छ । हिजोसम्म उपाध्यक्ष भनेर प्रचार गरिएका घनश्याम भुसाललाई उपमहासचिवमा नै दोहोर्याउन भनिएको बालकोट निकटस्थहरु बताउँछन् ।

सचिवमा यसअघिका योगेश भट्टराई र गोकर्ण बिष्ट १० भाइ खेमाबाट दोहोरिने अवस्था बनेको छ । त्यसमा उहाँहरु खुशी देखिनुभएको छ । सचिवमा एक महिलासहित खगराज अधिकारीलगायतका अनुहार आउँदैछन् । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई पनि एउटा सचिव भाग परेको छ ।

“१० भाइमध्ये अघिल्लो पटक छ भोटले महासचिवमा इश्वर पोख्रेलभन्दा पछि परेका सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष,सहमतिमा आउन चाहेमा भीम रावललाई पनि उपाध्यक्ष र अष्टलक्ष्मी शाक्यलाई समेत उपाध्यक्षमा दोहोर्याइने सम्भावना छ । पूर्वमाओवादीबाट रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने पुरानै सहमति छ । संस्थापन पक्षनिकट सुवास नेम्वाङ र विष्णु पौडेललाई पनि उपाध्यक्षमा बस्न भनिएको छ ।”

१० भाइमध्ये अघिल्लो पटक छ भोटले महासचिवमा इश्वर पोख्रेलभन्दा पछि परेका सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष,सहमतिमा आउन चाहेमा भीम रावललाई पनि उपाध्यक्ष र अष्टलक्ष्मी शाक्यलाई समेत उपाध्यक्षमा दोहोर्याइने सम्भावना छ । पूर्वमाओवादीबाट रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने पुरानै सहमति छ । संस्थापन पक्ष निकट सुवास नेम्वाङ र विष्णु पौडेललाई पनि उपाध्यक्षमा बस्न भनिएको छ । वरिष्ठमा अध्यक्ष ओलीको चाहना नै ईश्वर पोखरेल भएपछि त्यसैअनुसार सहमति जुट्न लागेको बताइन्छ । रघु पन्तको हकमा केही निर्णय भैहालेको छैन ।

हिजोदेखि सहमतिको प्रयास गर्ने क्रममा शंकरले महासचिवबाहेक अरु पदमा नबस्ने भनेपछि संस्थापन पक्ष अप्ठेरोमा परेको हो । ‘बरु केन्द्रीय सदस्य मात्रै हुन्छु, अन्य पदको जिम्मेवारी लिँदिन,’ भनेपछि अध्यक्ष ओली चर्को दबाबमा पर्नुभएको छ ।

अब बन्दसत्रमा केपी ओली र बिदेशी पाहुनाले बोलेपछि उम्मेदवार मनोनयनको काम हुने शुरु हुनेछ । हिजो संशोधित विधान पारित गर्ने प्रस्तावलाई बन्दसत्रका सहभागीले ताली ठोकेपछि मनोनयनको क्रम शुरु हुने संस्थापन पक्षको भनाइ छ ।

साँझसम्म मनोनयन गरेर भोलि केन्द्रीय सदस्यको निम्ति मात्र विद्युतीय मतदान गराउने पक्षमा नेतृत्व पंक्ति देखिएको छ । तर, रावल निकटस्थहरुले भने उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । अध्यक्ष ओली पक्षधरले भने सहमतिबमोजिम उपाध्यक्ष छाडेर अध्यक्षसँग प्रतिस्पर्धा गर्न आए भीम रावलको राजनीति सकिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP