Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्रै देश समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गर्नुभएकाे छ । आज बिहीवार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे ।   

भर्चुअल कार्यक्रममा उहाँले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ । प्रधानमन्त्री देउवाले केही महिनाभित्रै पालिका तथा एक वर्षभित्र सङ्घ र प्रदेशको चुनाव हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

उहाँले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हार/जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आउँदा दिनमा नागरिककाे विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी केही महिनाभित्रै पालिकाकाे निर्वाचन, एक वर्षभित्र सङ्घ र प्रदेशको चुनावमा जाँदैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित/हार एउटा स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएर आउँदा दिनमा नागरिककाे विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर नागरिककाे मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP