Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राप्रपाको महाधिवेशन : प्रतिनिधिको विवाद टुङ्गियो, चुनावी प्रक्रिया सुरु हुँदै

काठमाण्डाै – प्रतिनिधिको विवाद टुङ्गिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी प्रक्रिया अघि बढेको छ ।

जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि छानबिन समिति गठन गरेर विवाद टुङ्ग्याइएको हो । निर्वाचन अधिकृत राजु बस्नेतकाअनुसार प्रतिनिधि विवाद टुङ्ग्याउन सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान, तोरण गुरुङ, जनक प्याकुरेल, श्याम शाही, पुस्कर कार्की, श्यामशरण पाठकसहितको टोली बनाइएको थियो ।

टोलीले टुङ्ग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको छ  । मतदाता नामावलीमाथिको दाबी विरोध अहिले बिहान साढे सात बजेदेखि सुरु हुने पनि उहाँले बताउनुभयो । उहाँकाअनुसार अन्तिम नामावली प्रकाशन गरेर बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।

अब आज उम्मेवारीको अन्तिम नामावली सार्वजनिक गरेर भोलि मात्रै चुनाव हुनेछ ।  अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुने पनि निर्वाचन अधिकृत राजु बस्नेतले बताउनुभयो ।  

यसअघि पूर्वानिर्धारित तालिकाअनुसार अस्ति बुधवार मतदाता नामावली प्रकाशन, हिजो बिहीवार उम्मेदवारको मनोनयन दर्ता र आज शुक्रवार मतदान हुने मिति तोकिएको थियो । राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP