Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रधानन्यायाधीशलाई महाअभियाेग लगाउन एमालेकाे सहयाेग चाहिएकाे छ : बार एसाेसिएशन

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनको टोली एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बाल्कोट पुगेको छ । 

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीलाई भेट्न बारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् । उनीहरूले सर्वाेच्चमा देखिएका समस्या र आफूहरूको मागबारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका छन् ।

भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले महाअभियोगका बारेमा सत्तापक्ष दल सकारात्मक देखिएका भन्दै एमालेको सहयोग चाहिएको बताउनुभएको छ । 

यस्तै भेटमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएशनसहित देशभरका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP