Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस केन्द्रीय समिति बस्दै, दुई सहमहामन्त्री थप्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार (आज) बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।

बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ। 

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन्। देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन्।

आजको बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ। कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट हुने व्यवस्था छ। अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP