काठमाण्डाै – वैध कमाइभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्व शाखा अधिकृतको गैरकानुनी सम्पत्ति फेला परेको छ ।
स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा एक करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन ।
आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले एक करोड दुई लाख ८२ हजार दुई सय ५८ रुपैयाँ बराबरको वैध आय गरेको देखिन्छ । थपलियाले दुई करोड ६७ लाख ७१ हजार नाै सय ५८ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।
सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानुनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । थपलियाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घर, जग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलियाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया