काठमाडौं । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । बिहान बस्ने भने पनि बैठकको समय भने तोकिएको छैन । बैठक बोहराटारमा बस्ने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । तर पौडेल समूहले अझै सभापतिकको उम्मेदवारसमेत टुंगो लगाएको छैन । उम्मेदवार टुंग्याउन शुक्रबार राति बोहराटारमा बैठक बसेको थियो तर सभापतिको उम्मेदवारको टुंगो लागेन ।
पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन । वरिष्ट नेता पौडेलको नाममा समेत सहमति हुन सकेको छैन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया