काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले संसद् सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।
सत्तारुढ कांग्रेस नेतासमेत रहनुभएका मन्त्री बडुले संसदमा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताउनुभएको हो ।
आज मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले अत्यावश्यक विधेयक भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पार्नुभयो । कानुनमन्त्री बडूले नागरिकलाई पीडावाेध भइरहेको नागरिकता ऐन, सङ्घीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयक भने सहजै ढङ्गले अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समय अभावका कारणले संसद् सुरु गर्नका निमित्त प्रमुख प्रतिपक्ष दलसित औपचारिक, अनौपचारिक रूपमा छलफल, समझदारी गर्ने हाम्रो चाहना हो । सहमतिको सम्भावना, वार्ता र संवादको सम्भावना सधैँ रहन्छ । अहिले पनि छ । हामी त्यसलाई उपयोग गर्न चाहन्छौँ । उहाँहरूसँग सल्लाह गरेर थप कार्यक्रम अगाडि बढाउँछौँ । ’
मन्त्री बडूले आजदेखि सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयक अघि बढाउनुको विकल्प नभएको बताउनुभयाे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया