हेटौंडा : बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सकिएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए। नवनियुक्त मन्त्रीहरूको शपथग्रहणमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइएन।
नवनियुक्त मन्त्रीहरू यसप्रकार छन्ः
नेकपा माओवादीबाट रत्न ढकाल (युवा तथा खेलकुदमन्त्री), जीवन खड्का ( वन तथा वातावरणमन्त्री) र घनश्याम दाहाल (श्रम, रोजगार तथा यातायातमन्त्री) गरी ३ जनाले पद पाएका छन्।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्री भएका छन्। एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाई (कृषि तथा पशुपक्षीमन्त्री), वसन्त मानन्धर (खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री) र इन्द्रमाया गुरुङ (कृषि राज्यमन्त्री) नियुक्त भएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया