Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राष्ट्रियसभामा माओवादीको प्रमुख सचेतकमा गोपी आछामी

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गोपी आछामीले राष्ट्रियसभामा दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका छन्। आज (सोमबार) बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आछामीलाई राष्ट्रियसभाको प्रमुख सचेतक र सचिवको जिम्मेवारी तोकेको हो।

सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारीले जिम्मेवारी पाएका छन्। बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ।

को हुन् अछामी?

खेलकुद राज्यमन्त्री तथा संविधानसभा सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका अछामी झाँगाझोली रातमाटा–२ बोहोरेटार सिन्धुलीका हुन्।

बुवा मुरली आछामी र आमा सीताको कोखबाट २०३१ साल पुष ७ मा जन्मेका आछामी पार्टीमा इमान्दार, सरल र क्षमतावान युवा नेताका रुपमा परिचित छन्।

माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत राजनीतिमा लागेका आछामीले त्यस समय दुई बहिनीहरू मञ्जु र निर्मलालाई गुमाएका थिए।

आई.एल.सम्मको शिक्षा हासिल गरेका आछामी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् भने मोरङ जिल्ला इन्चार्जको भूमिका पनि निर्वाह गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP