Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राजधानी कार्यान्वयनमा चरम ढिलाईप्रति राप्तीका राजनीतिक दलले दिए आन्दोलनको चेतावनी

ओमप्रकाश गुप्ता, भालुवाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी भई सक्दा पनि राजधानी कार्यान्वयनमा चरम ढिलाई भएको भन्दै देउखुरीको राप्ती गाउँपालिकामा कृयाशिल राजनितिक दलहरु संयुक्त रुपमा सशक्त आन्दोलन गर्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल जिल्ला समिती दाङले आज देउखुरीको भालुवाङमा राप्ती गाउँपालिकामा कृयाशिल राजनितिक दल संग राजधानी कार्यान्वयनमा भएको चरम ढिलाई बिषयमा आयोजना गरेको सर्वदलीय बैठकले यस्तो निणर्य गरेको हो ।

नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति विद्यासरण चौधरीको अध्यक्षतामा भएको बैठकले राजधानी घोषणा भएको एक बर्ष भन्दा बढी भई सकेको अवस्थामा अस्थाई मुकाम बुटवलबाट मन्त्रालय तथा प्रशासनिक ईकाइहरु स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा स्तान्तरणमा चरम ढिलाई भएको, राप्ती प्राविधिक शिक्षालयमा बन्दै गरेको प्रदेशसभा भवन निर्माणका लागि अर्थ मन्त्रालयले बजेट रोकेको र प्रदेशसभा भवन निर्माण अवरुद्ध हुनु अत्यन्तै दुखद बिषय भएको ठहर गर्दै राजधानी कार्यान्वयनमा दबाब दिन चरणबद्ध आन्दोलन गर्ने निणर्य भएको बैठकपछि जनता समाजवादी पार्टी नेपालका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिएका छन् ।

बैठकले तत्काल राजधानी कार्यान्वयनमा दबाब दिन आन्दोलनको कार्यक्रम अन्र्तगत पहिलो चरणमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापन—पत्र बुझाउन बुटवल डेलिकेशन जाने र मुख्यमन्त्री केसी संग राजधानी कार्यान्वयमा देखिएको ढिलाई प्रति छलफल गर्ने जसपाका दाङ जिल्ला अध्यक्ष शर्माले बताए ।

पहिलो चरणको दबाबबाट पनि राजधानी कार्यान्वय प्रक्रिया अगाडी नबढे बर्तमान मुख्यमन्त्री, मन्त्रीहरु, पूर्व मुख्यमन्त्री सहित दाङ जिल्ला स्तरिय स्थानीय तहका जनप्रतिनिधि, संघीय सांसद, प्रदेश सांसद, राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज, संघसंस्था, पत्रकार, समाजसेवी, बुद्धिजिवी सहितको बृहत्त अन्तक्रिया कार्यक्रम स्थायी राजधानी राप्ती उपत्यकामा आयोजना गर्ने लगायतको निणर्य भएको बैठकपछि जसपाका जिल्ला अध्यक्ष शर्माले बताए ।

बैठकमा नेकपा एमालेका टोपबहादुर झाँक्री, नेकपा माओवादी केन्द्र राप्तीका उपाध्यक्ष नारायणप्रसाद शर्मा, जनता समाजवादी पार्टी नेपाल राप्तीका अध्यक्ष रणप्रसाद सुवेदी, नेकपा एकिकृत समाजवादी राप्तीका अध्यक्ष ज्ञानु गौचन, नेकपाका भिमप्रकाश पुन लगायतको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण जनता समाजवादी पार्टी नेपालका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP