Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्नुभएको छ । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।

आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भए। लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन्। जम्मा ४६८१ मत खसेकोमा आङ्देङ्वेले २७११ मत ल्याए। लामाले १९१३ मत पाए।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परिवार निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्।  परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याए।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अब मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन बाँकी छन्।  मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षबाट महेन्द्र यादव, शेखर कोइराला पक्षबाट रामकृष्ण यादव र विमलेन्द्र निधि पक्षबाट रामकृष्ण यादव उम्मेदवार छन्। 

यस्तै, खसआर्य समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट किशोरसिंह राठौर, शेखर पक्षबाट देवराज चालिसे उम्मेदवार छन्। 

थारु समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी उम्मेदवार छन्।  मुस्लिम समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र शेखर तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। 

पिछडिएको क्षेत्र समूहको सहमहामन्त्रीमा देउवा पक्षबाट जीवनबहादुर शाही, शेखर पक्षबाट बद्री पाण्डे र निधि पक्षबाट चेतराज बराल उम्मेदवार छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP