Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रदेश १ : मन्त्री नै नभएको मन्त्रालयमा स्वकीय सचिवको जिम्मेवारी

विराटनगर :  कामको गति सुस्त भएको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पछिल्लो समय मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्तालाई स्वकीय सचिवको जिम्मेवारी दिएको भन्दै विवादमा तानिएका छन्।

पाँचदलीय गठबन्धनको समर्थनमा गत कात्तिकमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तारका साथै अन्य काममा अलमलिएका मुख्यमन्त्री राईले भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ जनालाई सचिवमा नियुक्त गरेका हुन्। 

मन्त्री राईले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रमुख स्वकीय सचिवमा निर्मल भण्डारी र स्वकीय सचिवमा रोहित गौतमलाई नियुक्त गरेका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रमुख स्वकीय सचिवमा किसन भगत र स्वकीय सचिवमा उदय यादवलाई नियुक्त  गरेका छन्।

स्वकीय सचिव मन्त्रीले नियुक्त गर्ने पद भएपनि मन्त्री नै नभएको मन्त्रालयमा सचिव नियुक्त हुँदा यतिवेला प्रदेश १ को राई नेतृत्वको सरकार विवादित बनेको छ।

चिठ्ठीपत्र आदानप्रदान र अल्पकालीन व्यवस्थाका लागि स्वकीय सचिव नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिँदै मन्त्री नियुक्ति भएसँगै अनुकूल नभए स्वकीय सचिव फेरिने बताएको छ।

मुख्यमन्त्री राईसँगै आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की, सामाजिक विकासमन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP