Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कांग्रेस केन्द्रीय सदस्यको मतगणना : नाम चलेका नेताहरू शीर्ष ३५ मा सुरक्षित

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिबेसन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । अहिलेसम्म तीन हजार पाँच सय ९५ मत गणना भएको परिणाम सार्वजनिक भएको छ । तीन हजार पाँच सय ९५ मत गन्दा डा. शशांक कोइरालाको अग्रता कायमै छ । उहाँले दुई हजार नौ सय ४० मत प्राप्त गर्नुभएको छ । यस्तै एनपी साउदले दुई हजार दुई सय ६१ र तेस्रोमा गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले दुई हजार दुई सय सात  मत प्राप्त गर्नुभएको छ ।

यस्तै उदय शम्शेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी बढी मत ल्याउने १० जनाभित्र हुनुहुन्छ । गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा. रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले लगायत प्रायः उच्च तहका नेताहरू बढी मत ल्याउने ३५ जनाको सूचीमा समेटिएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । चुनावमा अहिलेसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP