Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

लुम्बिनीमा हुने प्रेस चौतारीको वैठक ऐतिहासिकः बस्नेत

कपिलवस्तु । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले लुम्बिनीमा हुने प्रेस चौतारीको वैठकले ऐतिहासिक सन्देश दिने बताउनु भएको छ । वैठकले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न यहि पुस १२ र १३ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने ब्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाउनु भयो ।

बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ । पुस १२ र १३ गते लुम्बिनीमा हुने वैठकको तयारी पुरा भएको चौतारीका सचिव भरत के.शी.ले बताउनु भयो । भोली सोमवार साँझ ४ वजे सम्म वैठकका लागि केन्द्रीय अध्यक्ष ,पदाधिकारी ,सदस्य सहित सबै आइपुग्ने चौतारीका केन्द्रीय सदस्य प्रदिप आचार्यले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP