Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीको ठूलो भूमिका रहन्छः दुर्गा पौडेल

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले माओवादीको महाधिवेशनले देशकै भविष्यमा ठूलो भूमिका खेल्ने बताउनुभएको छ । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उपाध्यक्ष पौडेलले माओवादीले लिने निर्णयले पार्टीको मात्रै नभइ देशकै राजनीतिमा महत्त्व राख्ने बताउनुभयो ।

नागरिकको लामो सङ्घर्ष र बलिदानबाट आएको गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि खतरामा परेको अवस्थामा माओवादीले महत्त्वपूर्ण निर्णय लिनुर्पेमा पौडेलले जोड दिनुभयो ।

अहिले प्रतिगमन फरक रूपमा आएर लोकतन्त्रमा आक्रमण भइरहेको र त्यसलाई असफल पार्न माओवादीसहित पाँच दलीय गठबन्धन बनाइएको र त्यसलाई बलियो बनाउनुपर्ने पौडेलले बताउनुभयो । नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको भनाइ छ ।

उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनले एमसीसीलाई खारेज गर्न निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP