कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले भ्रष्टमुक्त देश बनाउन वैज्ञानिक समाजवादलाई लागू हुन आवश्यक रहेको बताएका छन् । उनले नेपालमा दलाल, पुँजीवादी र भ्रष्टचारीको हातमा राज्य सत्ता भएको कारण देशको विकास नभएको र जनताको स्तर माथि उठ्न नसकेको बताए । उनले माक्र्सवाद, लेनिनवाद र माओवादको विकास गर्दै जाने र लालझन्डा बोकेर लाल झन्डाकै बदनाम गर्ने गद्दाररहरूको जरा उखेल्ने चेतावनीसमेत दिए ।
अहिले राज्य सत्तामा पुगेका नेताहरुले देश विकासको नाममा जनतामा भ्रम मात्र छरिरहेको बताउँदै यस्ता पुँजीवादी र दलालहरुबाट सचेत हुने समय आएको बताए । नेकपाको गृह जिल्ला कपिलवस्तुको शिवगढीमा आइतबार महासचिव विप्लवले १२९औँ माओ दिवसको अवसरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।
विप्लवले दलाल पुँजीवादी तथा फाँसीवादी राज्यद्वारा लामो समय जेलमा बन्दीलाई निःशर्त रिहा भएका दुर्गा बहादुर रोकालाई सम्मान एवम् अभिनन्दन समेत गरेका छन् । माओले सैन्य कार्य दिशा र राजनीतिक कार्य दिशा संश्लेषण गरेको उनले बताए । १९३८ मा ‘दीर्घकालीन युद्ध’, ‘युद्ध र रणनीतिका समस्याहरू’ लेखेर सर्वहारा वर्गको सैन्य कार्य दिशा स्पष्ट पारेको महासचिव चन्दको भनाई छ । उनले भने “सुरुमा दुश्मन बलियो हुन्छ र हामी कमजोर हुन्छौँ, त्यसकारण हाम्रो नीति रणनीतिक रक्षा हुन्छ । जब दुश्मन र हामी बराबरी अवस्थामा पुग्छौँ तब हाम्रो नीति रणनीतिक सन्तुलन हुन्छ ।
जब दुस्मन कमजोर हुन्छ र हामी बलियो हुन्छौँ तब हाम्रो कार्यनीति रणनीतिक आक्रमण हुन्छ । यसरी दीर्घकालीन युद्ध विजयी भएर नयाँ जनवादी क्रान्ति पूरा हुन्छ” । विप्लवले १९४० मा माओले बल्ल नयाँ जनवादी राजनीतिक कार्यदिशा स्पष्ट परेको बताए । नेपाली र विश्वका श्रमजीवी तथा उत्पीडित जनतालाई साक्षी राखेर नेपालमा एकीकृत जनक्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने प्रतिबद्धतासमेत चन्दले गरे ।
यसैबीच दुर्गा बहादुर रोकाले कार्यक्रममा बोल्दै नेकपामाथि प्रतिबन्ध लगाउनु ७ दिनअगाडि प्रहरीले २०७५ साल फागुन २३ गते कपिलवस्तुको शिवगढीबाट प्रहरीले नेकपाको कार्यकर्ता भएकै आरोपमा गिरफ्तार गरेको बताए ।

उनले भने “मलाई सादा पोसाकका प्रहरीले गिरफ्तार गरी चरम यातना मात्रै दिएन“, गोपनीयता नखुलाएको भन्दै चन्द्रौटा वडा प्रहरी चौकीको ट्वाइलेटमा लगि खुट्टामा गोलीसमेत हानेको उजले बताए । सरकारले गरेको दमन र त्यस प्रकारको निर्मम घटनाप्रति सर्वत्र विरोध भएको उनले बताए । रोकाले भने “प्रहरीले हतियार भएको विशेष सूचना’ भन्दै अप्रेसन गरिएको दाबी गरे पनि सरकारले आधिकारिक सूचना अहिले सम्म बाहिर ल्याएको छैन्” । उनले बन्दी जीवन स्मरण गर्दै गिरफ्तारपछि अदालतले दुई वर्ष ६ महिना कैद र चार हजार छ सय रुपैयाँ जरिबाना फैसला गरेको रोकाले बताए ।
तौलिहवा कारागार भित्र म लगायत नेकपाका तत्कालीन लुम्बिनी ब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज सङ्गम, नवीन थारू र गणेश चौधरीलाई भेट्न नेकपाका महासचिव विप्लव, केन्द्रीय सदस्य कृति लगायत नेता २०७७ चैत ३ गते तौलिहवा कारागार गएपछि तीन वर्षपछि रिहा भएको रोकाले जानकारी दिए ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विजय, नेकपा केन्द्रिय सदस्य सुशील ओली (सुशील), नेकपा केन्द्रिय सदस्य अमर झाँक्री (सन्जीव), नेकपा केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का (असल), सन्तोषी वि.क. लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया