Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रचण्डको प्रतिवेदन : नेता/कार्यकर्ताले पद र स्वार्थलाई महत्त्व दिँदा क्रान्तिकारी यात्रा बिग्रियो

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्त्व दिँदा पार्टी बिग्रँदै गएको बताउनुभएको छ । आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेता/कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुभएका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताउनुभएको छ ।

प्रचण्डले प्रतिवेदनमा पार्टी रूपान्तरण गर्दै जाँदा निजी सम्पत्ति छाडेर सामूहिक जीवन पद्धति अँगाल्ने विषय कत्तिको सम्भव छ भनेर प्रश्न गर्नुभएको छ ।

यस्तै एक खालको सामन्तवाद र निरङ्कुशताको अन्त्य भए पनि अहिले नयाँ–नयाँ स्वरूपमा सामान्तवाद देखिन थालेको भन्दै प्रचण्डले सम्भावित प्रतिगमन र निरङ्कुशताको सामना गर्न क्रान्तिकारी कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दी हुनुपर्ने पनि उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP