काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको थियो।
तिमध्ये ११ वटा समूहका नेताले हिजो आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिसकेका छन्। हिजोको बन्दसत्रमा सुझाव राख्ने टोली नेताले अमेरिकी सहयोग परियोजना एमसिसी संशोधन नभइ खारेज गर्नुपर्ने माग गरेका छन्।
अध्यक्षको प्रतिवेदनमा एमसिसी संशोधनसहित पास गर्ने उल्लेख छ। त्यसैगरी प्रतिनिधिहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा अघि सार्नुपर्नेमा जोड दिएका छन्। पार्टीमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्र बस्न पाउने व्यवस्था गर्न उनीहरुले सुझाव दिएका छन्। आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा बाँकी १४ वटा समूहका नेताले समूहगत छलफलको निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिइन्। उनकाअनुसार आज सबै समूहको रिपोर्टिङ सक्ने तयारी छ।
त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पर्नेछन्। महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया थालिने माओवादी केन्द्रले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया