काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ।
शुक्रबार पाँचौ दिनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बन्दसत्रले पारित गरेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।
शुक्रबारको बन्दसत्र पछि पत्रकार सम्मेलन गर्दै प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका केही सुझावलाई समेटेर अघि बढ्ने बताएको जानकारी दिए। प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई सम्मानपूर्वक फरक मतकै रुपमा राख्ने र बहस गरिने उनको भनाइ छ।
अर्का नेता राम कार्कीको पुरक प्रतिवेदन र हरिबोल गजुरेलले राखेको सुझाब भने अध्यक्ष प्रचण्डले समेट्ने बताएको जनाइएको छ । त्यसअघि निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेश भएर पारित गरिएको छ ।
अब शनिबार बिहान ११ बजे सुरु हुने बन्दसत्रमा विधानमाथि नेता देव गुरुङले जवाफ दिने र पारित गर्ने तयारी रहेको बताइएको छ । त्यसपछि सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन भोलि नै सकिने प्रवक्ता महराले जानकारी दिए।
महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । अहिले साँझ पनि स्थायी कमिटी बैठक बसेर विधानबारे छलफल गर्ने उनले बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया