Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राप्रपासँगको पार्टी एकतामा ‘विवेकशील साझा’ को नाम दुरुपयोग नगर्न मिश्रलाई चेतावनी

काठमाडौं : विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति सो पार्टीले गम्भीर विमति जनाएको छ।

सो पार्टीका प्रवक्ता हरिशप्रसाद भट्टले शुक्रवार विज्ञप्ति जारी गर्दै  ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न मिश्रलाई सचेत गराएका छन्।

विज्ञप्तिमा पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरित धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन पनि पार्टी सदस्यहरूलाई अपिल गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘वैकल्पिक राजनीतिलाई कलङ्कित पार्ने गरी जनताले जनआन्दोलनबाट विस्थापित गरेको पश्चगामी शक्तीकहाँ पार्टी बुझाउने र वैकल्पिक राजनीतिका संस्थापक योगदानकर्ताहरूको अपमान गर्ने यो प्रस्ताव खेदजनक र खारेज योग्य छ।’

विवेकशील साझा पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७७ मंसिर २४ गते एकीकरण भएर बनेको पार्टी हो।

पार्टी एकीकरणपछि मिश्रले साउन ११ गते पार्टीको एकीकरण घोषणापत्र विपरित, विधान विपरित र वैकल्पिक राजनीतिको मर्म विपरित व्यवस्था विरोधी, संविधान विरोधी, वैकल्पिक राजनीति विरोधी दस्ताबेज ल्याएर आफ्नो र केही व्यक्तिहरूको निजी राजनैतिक स्वार्थ पूरा गर्न पार्टी कानुनी र राजनैतिक रूपमा कब्जा गर्न खोजिरहेको आरोप विज्ञप्तिमा लगाइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP