Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादी महाधिवेशन : विधान मस्यौदा पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजसम्म लम्बिएको छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन ।

विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको माओवादीले जनाएको छ । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । अध्यक्षमा अरु नेताले दाबी नगरेकाले प्रचण्ड नै दोहोरिनु हुने पक्कापक्की  छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना देखिन्छ । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।

दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर चुनाव गर्ने तयारी गरिएको छ । विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि चुनावी प्रक्रिया सुरु हुन्छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP