Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रधानमन्त्री पत्नी आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। 

चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका हुन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डाक्टर आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्। 

प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्।   देउवा पुस २५ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ। नेपाल सरकार भ्रमणको एजेन्डा तय गर्न जुटिरहेका बेला प्रधानमन्त्री पत्नी भारतीय जनता पार्टीका नेतालाई भेटेकी हुन्।

भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने  छन्। 

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आरजुको भेट बारे एमाले नेता भीम रावलले विरोध जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP