Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रधानमन्त्री देउवा आज दिनभर धरानमा रहने

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्।  सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टर मार्फत त्यसतर्फ जान लागेका हुन्। देउवा बिहान १० बजे धरान आइपुग्ने र अपरान्ह चार बजे काठमाडौं फर्किने कार्यक्रम रहेको धरान उपमहानगरपालिका मेयर तिलक राईले जनाकारी दिए। 

प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको  भवन उद्घाटन गर्ने कार्यतालिका छ।  त्यसपछि उनले धरानका मेयर तिलक राईको निवासमा खाना खानेछन्।  त्यहाँ उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने मेयर राईका प्रेस संयोजक पारस राईले बताए। 

यस्तै देउवाले पानमारामा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय भएको छ। धरान  उपमहानगरपालिकाले २६ करोड लागतमा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरेको हो।

आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्दैछन्। उनी धरान डेमा पनि सहभागी हुने छन्। धरान उपमहानगरपालिकाले पुस २० गतेलाई ‘धरान डे’को रूपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ। यस्तै उनले धरानमा नवनिर्मित व्यवहारिक शिक्षालयको पनि उद्घाटन गर्नेछन्। 

धरानको कार्यक्रम सकेर देउवा आजै अपराह्न ४ बजे काठमाडौं फर्कने तालिका छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP