Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रदेश २ : राष्ट्रियसभाका २ सदस्यमा सत्तारुढ गठबन्धनबाट २ जना उम्मेदवार

काठमाडौं : प्रदेश २ बाट राष्ट्रियसभाका २ सदस्यका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र जसपा (जनता समाजवादी पार्टी) का तर्फबाट मोहम्मद खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रियसभामा सत्तारुढ पाँचदलीय गठबन्धन मिलेर उम्मेदवारी दिएपछि प्रदेश २ मा एक सिटमा जसपा र एक सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन्।

जसपाका नेताहरू पार्टी कार्यालयबाट नाराजुलुससहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए। सञ्चारकर्मीसँग जसपाका उम्मेदवार सिद्दकीले सबै वर्ग र समुदायको उत्थानको लागि आफू क्रियाशील रहेको र अहिले मत भारको आधारमा आफू नै निर्वाचित हुनेमा विश्वस्त रहेको दाबी गरे।

पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा उनले पार्टीलाई धन्यवादसमेत दिए। त्यसैगरि माओवादी केन्द्रबाट उम्मेदवार भएकी अर्यालले देशमा संघीयता आएपछि यसको सफल कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताइन्।

उनले संघीयता कार्यान्वयन र महिला अधिकारका लागि आफू सदैव प्रयत्नशील रहने बताइन्। पर्साको वीरगंज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगीना यादव र सीता साह समर्थक छन्। जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश २ मा सत्ता गठबन्धन सुदृढ स्थितिमा छ। प्रदेश २ मा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेससँग २ हजार २ सय ६२, माओवादी केन्द्रसँग १ हजार १ सय ९४ र जसपासँग २ हजार ९ सय ८८ मत भार रहेको छ।

सत्तारुढ दलका उम्मेदवारी दर्ता गराउँदा मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विजय यादवलगायत उपस्थित थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP