Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। 

हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। 

उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दावी ओलीले गरे।

बालकोटमा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् हुम्ला जिल्ला इन्चार्ज  गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जहरु दल रावल र दल फडेरालगायत पुगेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP