Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

केन्द्र र सातै प्रदेशमा समन्वय समिति बनाउने सत्ता गठबन्धनकाे निर्णय

काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयन्त्र बनाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसार र व्यवस्थापनका लागि केन्द्रमा समन्वय समिति बनाउने निर्णय गरेको छ।

यससँगै सातै प्रदेशमा पनि समन्वय समिति बनाउने निर्णय भएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। गठबन्धनले साझा उम्मेदवार तय गरी उम्मेदवारी दर्ता गराइसकेको छ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट कार्की, संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत बैठकमा सहभागी थिए। राष्ट्रियसभा सदस्यको मतदान आगामी माघ १२ गते हुदैछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP