Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

वाग्मतीमा ट्याक्सी भाडा बढ्याे, अब न्यूनतम ६० रुपैयाँ तिर्नुपर्ने

काठमाण्डाै – वाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो ।

अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि हरेक दुई सय मिटरको यात्रापछि नाै रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।

सूचनाअनुसार ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने छ । ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्राहीलाई ट्याक्सी नम्बर, चालकको नम्बरसहितको विवरण अङ्ग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।

यस्तै ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिककैको प्रहरीलाई जानकारी दिनुपर्ने र ट्याक्सी नियमित सरसफाइ गरी लैङि्गक विभेदरहित र सेवामैत्री व्यवहार गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP