Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राम्रा काम गर्दै थियाैँ, काेराेना खाेप आइरहेकाे थियाे, षड्यन्त्र गरेर सरकारबाट हटाए : अध्यक्ष ओली

सङ्खुवासभा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक एमालेको सरकार हटाएर परमादेशको सरकार बनाएको बताउनुभएको छ ।

आज सोमवार नेकपा एमाले सङ्खुवासभाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लोकप्रियता देखेर षड्यन्त्र गरेर हटाएको आरोप लगाउनुभयो । उहाँले एमालेको लोकप्रियता देखेर देशी–विदेशी प्रतिपक्षी शक्तिहरू लागेर एमालेको सरकारलाई हटाएको टिप्पणी गर्नुभयो । 

‘हामीले काम गर्न नसकेर हटाइएको होइन, राम्रा काम गरेकै कारणले हटाइएको हो’, ओलीले थप्नुभयो, ‘हामीले हाम्रो पालामा राम्रा कामहरू गर्दै थियौँ, कोभिड–१९ खोप र उपकरणहरू आउने क्रम भइरहेको थियो । दक्षिण एसियामा नै राम्रो काम गरेको भनेर प्रशंसा भइरहेको समयमा कम्युनिस्टका खोल ओढेका नक्कली कम्युनिस्टका कारण समस्या उत्पन्न भयो, तर अब हामी आउने चुनावमा त्यो पनि देखाइ दिन्छौँ ।’

उहाँले षड्यन्त्र गरेर जनादेशबाट नभइ परमादेशबाट एमाले सरकार हटाए पनि जनता नै सर्वशक्तिमान् भएकाले आउने चुनावमा त्यसको परिणाम देखिने समेत बताउनुभयो ।

‘आमजनसमुदायहरू सचेत रहनुहोस्, यो सरकार पालिका चुनाव नगराइ, जनप्रतिनिधीविहीन बनाइ कर्मचारीलाई सुम्पिने तयारीमा लागेको षड्यन्त्र भइरहेको देखिन्छ’, ओली भन्नुभयो, ‘कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको देखिएकाले नहुने स्पष्टै छ, चरणबद्ध पालिकाको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिनाअघि चुनाव हुनुपर्ने हो । फागुनमा पालिका चुनाव गरिसक्नुपर्ने छ तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सङ्खुवासभा पर्यटकीय हिसाबमा सौन्दर्यले भरिपूर्ण र विकासका सम्भावना अथाह रहेको बताउनुभयो । उहाँले जोगमुनीदेखि किमाथाङ्का नाका नेकपा एमालेको केपी सरकारको पालामा आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेर अघि बढाएको बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP