Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।

माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।

माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी भएका थिए।

नौ जना पदाधिकारीका लागि गत पुस ७ गते निर्वाचन भएको थियो। माओवादी केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मंसिर २५ र २६ गते सम्पन्न गरेको थियो। उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य मतदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP