Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बागमती सरकारले श्वेतपत्र जारी गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका स्वास्थ्यमन्त्री नीमा लामाले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमी कमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।

श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति निर्माण गरिएको समेत उनले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरूको कर्मचारी संगठन संरचना र दरबन्दी समेत स्वीकृत गरेको छ। मन्त्री लामाका अनुसार प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ।

समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समयसीमा दिइएको छ। बैठकले प्रदेशको वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि-२०७८ समेत स्वीकृत गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति समेत निर्माण गरेको छ।

यसैगरी मन्त्रीहरू नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति बैठकले गठन गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP