काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले आजका लागि सर्वदलीय बैठक नबोलाएको जनाएको छ।
शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रचार भएपछि निर्णय भइनसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
उनले भने, ‘बाहिर प्रचार कसरी भयो थाहा छैन। तर, सर्वदलीय बैठक बोलाउने बारेमा छलफल भएको हो। तर, आजैको लागि बोलाउनुभएको चाहिँ होइन।’
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान तयारी गरेका हुन्।
सत्ता गठबन्धन निर्वाचन आयोगले प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। शुक्रबार साँझ भएको छलफलमा गठबन्धनका नेताहरूले तीनै तहको चुनाव एकैपटक मंसिरमा गर्ने र यस विषयमा निर्वाचन आयोग तथा कानुनविद्हरुसँग परामर्श गरेर अघि बढ्ने निर्णय गरेका छन्। कांग्रेसभित्रै पनि स्थानीय तहको निर्वाचनबारे एकमत छैन।
=थाहाखबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया