Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

पदावधि थप नभएपछि उपरथी कार्की आजदेखि घरबिदामा

काठमाडौं : नेपाली सेनाका उपरथी अनन्त कार्की आजदेखि बिदामा बस्ने भएका छन्। प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका कार्की आजदेखि बिदामा बस्न लागेका हुन्। उनले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन्। 

कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की अवकाश पाउनुभन्दा १५ दिनअघि देखि विदा बस्न लागेको बताए।

‘उहाँ १५ दिन बिदामा बस्दै हुनुहुन्छ’, सहायक रथी सिलवालले भने। प्रधान सेनापति शर्माको सिफारिसमा सरकारले दुई जना उपरथीको भने दुई वर्ष पदावधि थप गरेको थियो।

प्रधानसेनापती शर्माले आफ्नो नाम सिफारिस नगरेको भन्दै कार्कीले रक्षा मन्त्रालय र  प्रधानमन्त्री कार्यालयमा लिखित उजुरीसमेत दिएका थिए।

 सैनिक मुख्यालयले कार्कीको उक्त व्यवहारलाई लिएर कारबाही गर्न सक्ने चेतावनी दिएको थियो। कारबाहीमा पर्ने भएपछि कार्कीले हिजो नै बझबुझारथ गरेका छन्। 

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले पदावधि सकिन लागेका उपरथीहरु सिताराम‍ खड्का र ताराध्वज पाण्डेको समय भने दुई वर्ष थप गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP