राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् । बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता मध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेको उनले बताए ।मधेश प्रदेशमा २ सिटका लागि मतदान भएको हो ।
जसमा महिला र अन्य तर्फ उम्मेदवार रहेका छन् । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार साढे ३ बजेपछि मतगणना सुरु हुने बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया