Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

संविधानको मर्मअनुसार समयमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको ढकालले बताउनुभयो । भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्मअनुसार नै चुनाव गर्नका लागि छलफल भइरहेको बताउनुभयो । प्रतिपक्षी दलले लगातार संसद् अवरोध गर्दा चुनावसहित संविधानको कार्यान्वयनसँग जोडिएका अन्य काममा समेत अफ्ठेरो भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिटै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै एक घण्टा कुराकानी भएको थियो ।

आउँदो जेठ ६ गतेअघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोग, प्रतिपक्षी दल एमाले, संविधान तथा कानुनविद् लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP