Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

मेलम्चीको पानी चैतभित्र काठमाडौंमा पुर्‍याउन मन्त्री चौधरीको निर्देशन

सिन्धुपाल्चोक : खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्।

शुक्रबार आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषय समेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडबक्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पूरा गर्न निर्देशन दिएका हुन्।

परीक्षणको रुपमा सो आयोजनाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्‍याएपछि आयोजनाको पुनःनिर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए।

नेपालको संविधानको धारा ३५(४) बमोजिम प्रत्येक नेपाली नागरिकलाई शुद्ध खानेपानी र सरसफाइ सेवाको पहुँचलाई मौलिक हकको रुपमा संरक्षण गरेअनुसार शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको पुनःस्थापना गरी काठमाडौँ उपत्यकावासीलाई यस वर्षभित्र मेलम्चीको पानी वितरण गरेरै छाड्ने दृढता जनाए। उनले आयोजनाको पूर्णरुपमा सञ्चालन नभएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्यांकन गर्ने बताए।

मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्बाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन्। मन्त्री चौधरीसँगै शुक्रबार मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजाचार्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP