Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आजको मौसम : पहाडी क्षेत्रमा बदली हुने‚ केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशका पहाडी भू-भागमा मौसम बदली हुने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना छ।

सोमबार बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्यबदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले जानकारी दिए।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान महाशाखाले गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP