Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

हिउँले सिद्धिचरण राजमार्ग तीन दिनदेखि अवरुद्ध

सोलुखुम्बु : हिमपातका कारण सिद्धिचरण राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। बिहीवार रातिदेखि सोलुखुम्बुको उच्च भागमा बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको हो।

सडक मार्गबाट भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रवार बिहानदेखि सवारी आवगमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए। यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रको सडकमा २ देखि ३ फिटसम्म हिउँ जमेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसिबी प्रयोग गरे पनि सम्भवन नभएको यात्रु ङिमा ग्लाल्जेन शेर्पाले बताए।

उनका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो। जसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरी साधनहरू ओखलढुंगाको ठाढे, टोड्के, विपलाटे लगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन्। सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदुधकुण्ड नगरपालिका-११ बेलीडाँडामा रोकिएका छन्।

हिमपातका कारण दर्जनौँ सवारी साधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रु बिचल्ली भएका छन्। सवारी रोकिएसँगै खान बस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन्। विशेष गरी अशक्त, बालबालिका, वृद्धवृद्धा यात्रु समस्यामा परेका छन्।

माघ महिनामा विवाहको समय भएकाले सोलुखुम्बु आउने जन्ती समेत ठाडे क्षेत्रमा रोकिएको सल्लेरीका दीपक राजभण्डारीले बताए। आफन्त समेत जन्ती आउँदै गर्दा सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीच बाटोमा नै रोकिएको उनको भनाइ छ।

काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुंगाको टोट्के मै रोकिएर बस्नु परेको दीपक केसीले बताए। हिमपात भएको बेला सामान्य भए पनि त्यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटवालले बताए।

सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन उनले आग्रह गरे। आइतबार दिउँसोसम्म सडक खुलाउने सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP