Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

भाेलिदेखि काठमाण्डाै उपत्यकाकाे जाेर–बिजाेर प्रणाली हट्ने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे । 

यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले जोर–बिजाेर हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश निकालेर भोलिदेखि जोरबिजोर प्रणाली हटेको जानकारी गराएका छन् । 

यस्तै फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ । जुलुस, सभा, मेला महोत्सव, हाटबजारको प्रतिबन्ध भने कायमै छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP