Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

खप्तड र बडीमालिकाको मात्रै विकास गर्न सके पनि सुदूरपश्चिमको कायापलट हुन्छ : मन्त्री आले

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडीमालिकाको मात्रै विकास गर्न सके सुदूरपश्चिममा विकासको कायापलट हुने बताउनु भएको छ । यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि आज शनिबार खप्तड पुग्नु भएका मन्त्री आलेले खप्तड एक प्रकृतिले दिएको सुदूरपश्चिमको खजना भएकाले यहाँ १२ महिना पर्यटक आउन सक्ने गरी विकास सहित पर्यटकलाई खाने तथा बास बस्ने सहितका काम गरिने बताउनुभयो ।

यस्तै सुदूरपश्चिमलाई देश विदेशमा चिनाउन तथा यहाँको विकासमा फड्को मार्नका लागि भएपनि यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको समेत मन्त्री आलेले बताउनुभयो । 

“खप्तड, बडीमालिका भनेका प्रकृतिका एक अनुपम उपहार हुन्, यी क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिममा कायापलट हुने छ”, उहाँले भन्नुभयो, “सुन्दर प्रकृतिको खानी यी क्षेत्रमा सामान्य पूर्वाधार विकास गर्न सके यहाँ बर्सेनि लाखौँ पर्यटक भित्रिने छन्, खप्तडको बृति विकासका लागि म काम गर्छु ।”

निरीक्षण अनुगमनकै क्रममा मन्त्री आलेले प्रकृतिले सुदूरपश्चिममा स्वर्ग जस्तै उपहारका रुपमा खप्तड दिएकाले खप्तडमा पर्यटक भित्रयाउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारको विकास गरिने आश्वासन समेत दिनुभयो ।

यस्तै समग्र देशको विकास गर्नका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको पनि उहाँले बताउनुभयो । सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिक स्थल खप्तड, बडीमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनी लगायतका क्षेत्रहरुमा हजारौँ पर्यटकहरु भित्रयाउनका लागि विभिन्न विकास निर्माणका काम भइरहेको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ् हुँदै उरै ताक्लाकोट भञ्ज्याङ् जोड्ने दुूत मार्गका लागि संघीय सरकारबाट बजेट बिनियोजन गरिएकाले चाँडै ती क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुमा सयौँ पर्यटकहरु पुग्ने उहाँले बताउनुभयो । यस्तै कोरोनाका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्र माथि उकास्न तथा ती क्षेत्रको विकासका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको समेत मन्त्री आलेले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP