Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

डढेलोको जोखिममा सोलुका १३ घर

सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ। चार दिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर हुँदा नाक्चुङबस्ती नजिक पुगेको छ।

डढेलोका कारण नाक्चुङ क्षेत्रका १३ घरपरिवार जोखिममा परेको वडा अध्यक्ष आङ्फुर्वा शेर्पाले बताए। तीव्र वेगको हावाका कारण आगो नियन्त्रणमा लिन कठिन हुँदा समस्या भएको बताइएको छ। स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ।

सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि मंगलवार बेलुकासम्म सफल नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ। गाउँपालिकाको पहलमा ल्याइएको हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडा अध्यक्ष शेर्पाले बताए। मंगलबार बेलुका लुक्लामानै बसेको हेलिकोप्टरले बुधबार पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ।

अत्याधिक भिरालो र तीव्र वेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयास समेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताए।             आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको ‍थियो। आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भएपनि के कति क्षति भयो एक्किन गर्न कठिन भएको बताइएको छ ।

यस्तै‚ महाकुलुङ गाउँपालिका–५ मा पर्ने थोकोपैस देवाखर्क सामुदायिक वनमा लागेको डढेलो करिब सात घण्टापछि नियन्त्रणमा आएको छ। मंगलबार बिहान करिब ११ बजेबाट सुरु भएको डढेलो साँझ ५ बजेबाट नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन्।

उपभोक्ता समितिका अध्यक्ष डिबी कुलुङका अनुसार आगोका कारण वन क्षेत्रमा रहेको लालीगुराँस, चिराइतोलगायत अन्य वनस्पती तथा जडीबुटीहरु जलेर नष्ट भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP