Trending

एक करोडको सुन ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं : मलद्वारमा १ किलो २ सय ग्रामभन्दा बढी सुन लुकाएर ल्याउने एक जना  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा  ३८ वर्षीय भारतीय नागरिक शुभम् मेहरा रहेका छन्। आइतबार नेपाल एयरलायन्सको विमानमा दुबईबाट नेपाल आएका उनलाई अन्तर्राष्ट्रिय विमान्स्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।

‘आगमन टनेल गेटमा उनीमाथि शंका गरेर नजिकैको शौचालयमा लगेर शौच गर्न लगाउँदा मलद्वारमा हरियो पट्टिले बेरिएको अवस्थामा अर्धठोस अवस्थामा २ पोका सुन भेटिएको हो।, सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।  

पक्राउ परेका मेहरालाई थप अनुसन्धानका लागि  विमानस्थल भन्सार कार्यालय बुझाइएको छ। बरामद गरिएको सुनको मूल्य करिब १ करोड ८४ हजार हुन आउँछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP