Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

राष्ट्रियसभा : ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस

काठमाडौं : राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसद कमला पन्तले सो प्रश्ताव पेश गरेकी हुन्। पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रश्ताव राष्ट्रियसभामा पेस गर्नुपरेको सांसद पन्तले बताइन्।

उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यताअनुरूप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताइन्।

सांसद पन्तले भनिन्, ‘नागरिकको उपचार हुन नसकेर अकालमा मृत्यु भइरहेकाले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितताका सम्बन्धमा संकल्प प्रश्ताव पेश गरिएको हो। नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन्। अकालमा कयौं नागरिकहरुको ज्यान गईरहेको छ। नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गरियोस, उपचारको सुनिश्चतता गरियोस, बाँच्न पाउने अधिकारको सुनिश्चितता होस। पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनैपनि नागरिकलाई अकाल मृत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व र जिम्मेवारी हुनेछ। लोकतान्त्रिक र लोककल्याणकारी राज्यमा कुनै पनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन।’

सांसद पन्त प्रश्तावक रहेको संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP